सन्धिखर्क ।घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजनामा बजार अनुगमन गरिएको छ ।सदरमुकाम सन्धिखर्कमा रहेका दुग्ध उद्योग,दालमोट उधोग,बेकरी उद्योग लगायतका उद्योगमा बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले बताउनुभयो ।
अनुगमनको क्रममा उधोग नियमानुसार संचालन भए पनि केही उधोग हरुमा नियम अनुसार संचालन नदेखिएकाले १५ दिने सूचना अनुसार नियमन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।
अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य लगायतको सहभागीता रहेको थियो ।
घरेलुको आयोजनामा सन्धिखर्कमा बजार अनुगमन
टिप्पणी