कमला घिमिरे ,अर्घाखाँची। जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर १ ठुलो चिदिका बाख्रेडाडा निवासी मिन बहादुर कुँवरका छोरा पितम्बर कुँवर भारतको गुजरात देखि नेपाल आउने क्रममा एक्कासि सम्पर्कविहिन रहेका छन्।
नेपाल आउँने क्रममा बीच बाटो सम्म साथिहरु सङ्ग सम्पर्क मा रहेको तर पछि उनि साथीहरु र घरपरिवार बाट सम्पर्क बिहिन रहेको खबर प्राप्त भएको छ।
सम्पर्कविहिन हुने पिताम्बर कुँवरको घरमा श्रीमती निजकी आमा चिन्ताले अताल्लिरहनु भएको छ। माघ १ गते देखि सम्पर्कमा नआएका ३५ बर्षिय कालोबर्णका( पितम्बर कुँवर) लाई कहि कतै देख्नु वा भेट्नु हुने महानुभावहरुले नजिकै को प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु हुन अर्घाखाँचीबुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौँ ।
सुभाष ज्ञावली
(9748811436)