मासु तथा दुध डेरी पसल अनुगमनमा तिव्रता ।

रुद्रमणि भुसाल
चैत्र ११ अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका मासु पसल, दूध संकलन केन्द्र र दुध डेरी अनुगमनलाई तिव्रता दिएको छ । आईतवारदेखी सुरु गरेको अनुगमनको छैटौदिन रतहले र रुम्दीमाका मासुपसल रदुध डेरी अनुगमन गरिएको अनुगमन समितिका संयोजक जीबनारायण आचार्यले जनाकारी दिनु भयो ।
अनुगमनका क्रममा बधशाला अव्यवस्थित, पसल दर्ता नभएको, मुल्य सुचि नटाँसिएको र सरसफाई नभएका पसल भेटिएका थिए । उनीहरुलाई समयमै पसल दर्ता गर्न, बधशाला व्यवस्थित बनाउन तथा सरसफाईमा विशेष ध्यान दिन र मुल्यसुचि टाँस्न अनुरोध गरिएको छ ।


नगरभित्रका मासु पसल तथा दुध डेरी पसलहरुमा दिनहुँ जुनसुकै समयमा पनि अनुगमन गर्ने र दर्ता नगरि पसल सञ्चालन गर्ने व्यवसायीलाई दर्ता गर्न लगाउने, सरसफाईमा बढि ध्यान दिन अनुरोध गरिएको पशु शाखाका प्रमुख नारायण खनाले जानकारी दिनुभयो ।


अनुगमनमा सन्धिखर्क नगरपालिका अनुगमन समितिका संयोजक जीबनारायण आचार्य,पशु शाखाका प्रमुख नारायण खनाल ,कर्मचारी बुद्धि गौतम, जिल्ला प्रशासन कार्यालयका पोमनारायण कुँवर, नेपाल पत्रकार महासंघका जिल्ला कोषध्यक्ष रुद्रमणि भुसाल, कृषि विकास शाखाका , विजय खनाल जिल्ला प्रहरी कार्यालयका जबहर सिह गुप्ता ,चेम्बर अफ कमर्शका प्रकाश भुसाल, लगायतको टोलीले अनुगमन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै