स्थानीयतहरुलाई सुरक्षित गर्भपतनको बारेमा जानकारी गराउन सक्रिय बातावरण सस्कृति संक्षण समुह अर्घाखाँची ।

चैत्र ७ अर्घाखाँची ।
रुद्रमणि भुसाल ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आइपास नेपालको सयोग र समाज सेवा तथा बातावरण सस्कृति संक्षण समुह अर्घाखाँचीको आयोजना नगर स्तरीय सल्हाकार समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापालले अर्घाखाँचीमा सुरक्षित गर्भपतन गराउनको लागि जनचेतना मुलक कार्यक्रमलाई प्रभावकारी बनाउन सबै राजनितिकदल र जनप्रतिनिधिहरुले स्थानियस्तरमा हुने हरेक कार्यक्रममा सुरक्षित गर्भपतनको बारेमा जानकारी गराउन स्वास्थ्य स्वयमसेबीकालाई गाउँको टोलसम्म पुराउन आग्रह गनुभयो ।


बैठकमा उपप्रमुख खडानन्द बेल्लबासेले नागरिकको हितका लागि हुनेकामलाई आफुले जहिले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यतm गनु भयो । भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत क्षेत्रीले नेपाल सरकाबाट अनुमति प्राप्त ठाउँमा मात्र सुरक्षित गर्भपतन गराउन आइपास नेपालको भुमिका महत्वपुर्ण भएको बताउनु भएको थियो ।


आइपास नेपालका कार्यक्रम अधिकृत आर्दश अधिकारीले नेपालमा सुरक्षित गर्भपतनको आवस्था र आइपास नेपालको सयोगमा समाज सेवा तथा बातावरण सस्कृति संक्षण समुहले भुमिकास्थान नगरपालिकामा गर्ने काम र बजेटको बारेमा जानकारी गराउनु भएको थियो । बैठकमा समाज सेवा तथा बातावरण सस्कृति संक्षण समुहका पुर्व अध्यक्ष बाबुराम पौडेलको स्वागत मनतब्य नगरपालिकाका कर्मचारी शेषकान्त घिमिरेको संचालनमा सम्पनन् भएको हो ।
बैठकमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल ,भुमिकास्थान नगरपालिकाका १ देखि १० सम्मका सबै वडाअध्यक्षहरु ,कार्यपालिका सदस्य र संस्थाकि कार्यकारी निर्देशक लक्ष्मि अधिकारी, मञ्जु भट्टराइ ,स्वास्थ्य शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै