भुमिकास्थानमा विभिन्न पार्टी परित्याग गरि ५३ घरपरिवार काँग्रेसमा प्रवेश

फागुन २८ अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको भुमिकास्थानमा राष्ट्रिय जनमोर्चा, नेकपा एमाले र माओवादी केन्द्र पार्टी परित्याग गरि ५३ घरपरिवार नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।

नेपाल तरुण दल भुमिकास्थान नगर कार्यसमितिले आयोजना गरेको बृहत नगर स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य शान्ति परियारले पार्टी एकढिक्का हुने गरि काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।कम्युनिष्टका नेताहरुले जनतामाझ भ्रमको खेति गरिरहेको आरोप लगाउँदै केन्द्रीय सदस्य परियारले जनताले भोट दिई १५ वर्षसम्म केन्द्रमा पठाए पनि उनीहरुको सम्मान गर्न कम्युनिष्ट नेताले नसकेको बताउनुभयो । संसदबाट पारित भईसकेको एमसिसिको नेकपा एमालले विरोध गर्दै जनतालाई झुक्काएर भोट माग्ने रणनीति बनाएको उहाँले आरोप लगाउनुभयो ।

काँग्रेस नेता तथा पुर्व राज्यमन्त्रि रेवति प्रसाद भुसालले तरुण युवाहरु एकजुट नभएसम्म काँग्रेसलाई बलियो बनाउन नसकिने बताउनुभयो । उहाँले देश पविर्तनका निम्ति जति पनि आन्दोलन भए त्यसको नेतृत्व तरुण युवाहरुले गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसका नेता राम बहादुर बिसिले तरुण युवाहरुको सम्मान गर्न सकेमात्र काँग्रेसलाई हरेक निर्वाचनमा विजयी बनाउन सकिने बताउनुभयो । नेता बिसिले आगामी स्थानीय तहदेखि प्रदेश र संघको निर्वाचनमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

यस्तै काँग्रेस अर्घाखाँची सभापति केशव श्रेष्ठले नेपालमा लोकतन्त्र प्राप्तिका निम्ति तरुण युवाहरुले बलिदान दिएको स्मरण गर्दै आगामी निर्वाचनमा काँग्रेसका हरेक उम्मेदवारलाई जिताउन लागि तरुण युवा उत्साहका साथ लागेको देख्दा खुसी लागेको बताउनुभयो । १५/१५ वर्षसम्म जनताले भोट दिएर जिताएर पठाएका कम्युनिष्टका सांसदले केही गर्न नसकेको बताउँदै सभापति श्रेष्ठले जनतालाई ढाट्न पाउने अधिकार उनीहरुलाई नभएको उल्लेख गर्नुभयो । कार्यक्रममा काँग्रेस लुम्बिनि प्रदेश सदस्य रोमलाल खनाल, बिष्णु सापकोटा, शान्ता भण्डारी, पुर्व सभापति तथा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा काँग्रेस उपसभापति बावुराम पौडेल, कोषाध्यक्ष बिष्णु क्षेत्री, जिल्ला सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख सुर्य प्रसाद भुसाल, महाधिवेशन प्रतिनिधि ईन्द्रकला गैरे, जिल्ला सदस्य मीना बस्याल, प्रदेश क का सभापति राजेश पन्थी, पुर्व जिल्ला उपसभापति प्रेमनारायण बेल्बासे, पुर्व जिल्ला सदस्य संगीता बेल्बासे, लेखनाथ पाण्डे, नेपाल तरुण दल जिल्ला अध्यक्ष तथा सन्धिखर्क १२ का वडाध्यक्ष नारायण खड्का, प्रदेश ख का सचिव सुरज रायमाझी, नेपाल महिला संघ जिल्ला उपाध्यक्ष जानका बञ्जाडे, वडा नं. ६ का वडाध्यक्ष झविलाल बञ्जाडे, १ देखि १० सम्मका सभापति लगायत स्थानीय नेता तथा सयौं कार्यकर्ताको उपस्थिति रहेको थियो ।


कार्यक्रम नेपाल तरुण दल नगर सभापति राजकुमार श्रेष्ठको सभापतित्व, नगर सभापति खडानन्द बेल्बासेको स्वागत मन्तव्य र अशोक पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । सोही कार्यक्रममा नेपाल तरुण दल भुमिकास्थान नगर कार्यसमितिलाई पुर्णता समेत दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै