रुद्रमणि भुसाल ।
फागुन २८ अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजानमा नगरस्तरिय किशोरी संजाललाई प्रजनन् स्वास्थ्य अधिकार र लैङ्गिक हिसां सम्बन्धि २ दिने तालिम सन्धिखर्कमा सम्पनन भएको छ ।
सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुको सहजिकरण र युएनएफ पिएको सहकार्यमासुरु भएको तालिममा सन्धिखर्क नगरभित्रका २४ जना किशोरीहरुको सहभागिता रहेको थियो ।

तालिमको सन्धिखर्क नगरपालिकाकी शाखा अधिकृत मञ्जु खनाल महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख बेलकुमारी परियार स्वास्थ्यकर्मी गोमा भुसाल, प्रहरी नायब निरिक्षक सुजन शाह, लगायतले ग्रामिण समाजमा भैरहेको बालबिबाह , मानब बेचबिखन , लैङ्गिक हिसां , किशोरी अब स्थामा ध्यानदिनु पर्ने कुरा लगायता बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

तालिम महिला शाखा प्रमुख बेलकुमारी परियार , युएनएफ पिएकी सुजता सुब्बा , सिद्धाथ सामाजिक बिकास केन्द्र कपिलबस्तुका त्रिलोक घिमिरे , राम नाराणण शाह लगायतको उपस्थिति रहेको छ ।

