घर घरमा काँग्रेसजन” अभियान मालारानीको हंसपुरमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

टोल टोलमा संगठन, घर घरमा काँग्रेसजन” अभियान अन्तर्गत आज मालारानीको हंसपुरमा आज अगुवा कार्यकर्ता भेटघाट, छलफल र अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस मालारानी- ८ का सभापति हरि प्रसाद अधिकारीको सभापतित्व, नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य रेवती प्रसाद भुसालको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस अर्घाखाँचीका सहसचिव मेघराज पाण्डेको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन मालारानी सचिव बल बहादुर रानाले गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेवती प्रसाद भुसालले “नेकपा एमाले भ्रमको खेती गर्न सिपालु रहेको बताउँदै केन्द्रमा केपी ओली ले MCC राष्ट्रको हितमा रहेको बताएपनि जिल्ला जिल्लामा MCC राष्ट्रघाती भनेर जनमत निर्माण गर्न कार्यकर्तालाई सुर्कुलर गरेको बताउनुभयो । साथै आम कार्यकर्तालाई एमालेको दोहोरो चरित्र र भ्रमको बारेमा सचेत र सजग रहन आग्रह गर्दै निर्वाचनमार्फत एमालेको विपक्षमा मतदान जनताको घरघरमा जान आग्रह गर्नुभयो ।”

साथै विशिष्ट अतिथि मेघराज पाण्डेले आगामी निर्वाचनमा नेकपा एमाले नेतृत्वको मालारानी सरकारले गरेका बेथिति अन्याय, भ्रष्टाचार र अनियमितताका एजेण्डा लिएर आम जनताको घर घरमा जानुपर्ने बताउँदै बैशाख ३० गते हुन गइरहेको निर्वाचनको तयारीमा उच्च मनोबलका साथ जुट्न सबै नेता कार्यकर्तालाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस अर्घाखाँचीका सदस्यहरु बिष्णु क्षेत्री , अबिना आचार्य, श्रीकृष्ण परियार , नेपाली काँग्रेस अर्घाखाँचीका नेता हुम प्रसाद बञ्जाडे, नेपाली काँग्रेस मालारानी सभापती शोभाखर खनाल, उपसभापति गोपाल जि. सी. महिला संघ क्षेत्रीय सभापति शान्ता खनाल, गोबिन्द रेग्मी, दामोदर अधिकारी, कमल राउत, इन्द्र रेग्मी लगायतले समसामयिक बिषय र आउदो स्थानिय निर्वाचनका बारेमा आ- आफ्नो धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै