सन्धिखर्कबाट ८ जना बन्दकर्ता पक्राउ

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट ७ जना बन्दकर्ता पक्राउ परेका छन ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष पदम नेपाली सहित ६ जना र अखिल छैठौका अध्यक्ष जीवन नेपाली सहित अन्य एक जना रहेको प्रहरीले जनाएको छ ।

बर्तमान सरकारले एमसिसी पास गरेपछि त्यसको विरोेधमा संयुक्त मोर्चाले विरोधको कार्यक्रम अनुसार आज नेपाल बन्दको घोषणा गरेको थियो । बन्दको पुर्ण रुपमा पालना गनुपर्ने भन्दै बन्द गर्न सडकमा हिडेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

बन्दकर्ताले सडक बन्द गराउदै उत्सृङ ्खल एवं अराजक गतिबिधि गरेको नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले समाचारपोष्टलाई जानकारी दिए । उनका अनुसार बन्दकर्तालाई अराजक गतिबिधि नगर्न सुचित गर्दा समेत नटेरे पछि नियन्त्रणमा लिईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै