सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्यक्रमको ७८।७९को बजेटको सार्वजनिकीकरण

फागुन १६ अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड १ र २ मा रहेको सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्यक्रमको आर्थिक बर्ष ७८।७९को कार्यक्रमको बारेम सार्वजनिकीकरण बृतिmमा सम्पन्न भएको छ ।


कार्यक्रममा प्रदेश सासंद रामजी प्रसाद घिमिरेले कृर्षकहरुलाई कृषिमा आत्म निर्भर बनाउन प्रदेश सरकारले कृषि स्मार्ट कार्यक्रम लागु गरेको बताउनु भयो । उहाँले जिल्लाको सदमुकाम सन्धिखर्कमा स्मार्ट कृषि निकै दुखका साथ पारेकाले नमुनाको रुपमा काम गर्न आग्रह गनु भयो ।


कार्यक्रममा कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका निमितm प्रमुख महेन्द्र ओझा , कृर्षक दिपक नेपाली लगायत स्मार्ट कृषिमा आबद्ध कुडुले ,बृतिm, स्याले लगायतका ५६ जना कृषक हरुको सहभागिता रहेको थियो । आर्थिक बर्ष ७८।७९को कार्यक्रमका लागि ३७ लाख ५० प्रशेस सरकारको लागानी र १६ लाख ७०० कृषकको गरि कुल ५३ लाख ५७ हजार २ सय २६ रुपैया बजेट रहेको कार्यक्रमकी सहजकर्ता मालता भुसालले कृषकलाई जानकारी गराउनु भयो ।


बजेटबाट सन्धिखर्क स्मार्ट कृषिमा आबद्ध कृर्षकहरुको मागको आधारमा बिभिन्न किसिमका बिउ ,टनेल , औजार , मल लगायतका समाग्री खरिद गरिने सन्धिखर्क स्मार्ट कृषिका अध्यक्ष प्रेम नाराय भुसालले जानकारी दिनु भयो । कार्यक्रम माया पंन्थीको पंचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै