सुरक्षित गर्भपतन सेवा प्रदायकहरुका लागि २ दिने पुर्नताजकी तालिम सुरु ।

फागुन १३ अर्घाखाँची
रुद्रमणि भुसाल ।
अर्घाखाँचीको सन्धिखर्कमामा सुरक्षित गर्भपतन सेवा प्रदायकहरुका लागि २ दिने पुर्नताजकी तालिम तथा समिक्षा गोष्टी सन्धिखर्कमा सुरु भएको छ ।

कार्यक्रम स्वास्थ्य कार्यलय अर्घाखाँचीको समन्वय आइपास नेपालको सयोग र समाज सेवा तथा बातावरण सस्कृति संक्षण समुह अर्घाखाँचीको आयोजना भएको सेवा प्रदायकह रुका लागि २ दिने कार्यक्रममा अर्घाखाँचीमा सुरक्षित गर्भपतन गराउन नेपाल सरकारबाट अनुमति प्राप्त प्राथमिक स्वास्थ्य केन्द्र ठाडा , बल्कोट र स्वास्थ्यचौका स्टापनर्स र अनमिह रुकको सहभागिता रहेको थियो ।


नेपालमा सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना अन्तरगर्त भएको तालिममा सहभागिहरुले अझै पनि ग्रामिण भेगमा सुरक्षित गर्भपतन गराउने अनुमति प्राप्त स्वास्थ्य संस्थाको बारेमा राम्रो जानकारी नभएको अनुमति नपाएका मेडिकलहरुमा गर्भपतन गराउने गरेको पाइएकाले य सलाई नेपाल सरारबाट अनुमति प्राप्त ठाउँमा मात्र सुरक्षित गर्भपतन गराउन आइपास नेपालको भुमिका महत्वपुर्ण हुने सहभागिहरुले बताएका थिए ।


दुई दिन सम्म चल्ने तालिममा आइपास नेपालकी कर्मचारी शिट्रा जोसी, स्वास्थ्य कार्यालय पाल्पाकी भगबता न्यौपानेले स्वास्थ्य संस्थाहरु बाट सेवा दिदै गर्दा स्थानिय स्तरमा भएका समस्या र सुरक्षित गर्भपतमा ग्रामिण क्षेत्रका नागरिकको बुझाई र परिवार नियोजनका साधनको प्रयोग गर्नेको संख्या लगायतका बारेमा जानकारी लिदै सुरक्षित गर्भपतन गराउन स्थानिय स्तरमा खेल्नु पर्ने भुमिकाका बारेमा प्रक्षिण दिनु हुने छ ।


तालिमको समाज सेवा तथा बातावरण सस्कृति संक्षण समुहकी कर्मचारी मञ्जु भट्टराइको संचालन , स्वास्थ्य कार्यालय अर्घाखाँचीकी कर्मचारी गिता भुसालको स्वागत मनतब्य र सस्थाका पुर्व अध्यक्ष बाबुराम पौडेलले कार्यक्रमको उदेश्यको बारेमा प्रकाश पानु भएकको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै