ज्येष्ठ नागरिकको नितिनियम सम्बन्धि एकदिने अन्तरक्रिया सम्पन्न् ।

फागुन
१३ अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाको आयोजानमा ज्येष्ठ नागरिकका ऐन तथा नितिनियम सम्बन्धि एकदिने अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले ज्येष्ठ नागरिकहरुको ऐन नियममा लेखिए अनुसार उहाँहरुका हक र अधिकार कार्यान्वय गराउन सन्धिखर्क नगरपालिका सधै प्रतिबद्ध रहेको बताउनु भएको छ । नगर प्रमुख भुसालले नगरपालिकाले ज्येष्ठ नागरिकलाई आफु निर्बाचित भएदेखि नै सबै वडादेखि बिभिन्न प्रकारका सम्मानका कार्यक्रम नियमित रुपमा निरन्तर संचालन गर्न बजेट बिनियोजन गरिरहेको बताउनु भयो ।


१२ वटै वार्डका ६० जना ज्येष्ठ नागरिक र वडा अध्यक्ष र सदस्यहरु सहभागि भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, नगरप्रबतmा लिलाराम गौतम , वार्ड नं. का अध्यक्ष युवराज बान्जाडे , ज्येष्ठ नागरिक भेष बहादुर बिसी , शोभाखर बन्जाडे , हरि दमासे लगायतले मनतब्य राख्नु भएको थियो ।

नगर स्तरिय कार्यक्रममा ज्येष्ठ नागरिकका ऐन तथा नियम सम्बन्धि जिल्ला अदालत अर्घाखाँचीका श्रेष्तदार महेश खनाल , नगरपालिकाकी शाखा अधिकृत मञ्जु खनालले कानुनमा भएका कुरा र ज्येष्ठ नागरिकले भोग्नु परेका समस्याको बारेमा जानकारी लिदै प्रक्षिण समेत दिनु भएको थियो ।


कार्यक्रम महिला बालबालिका ज्येष्ठ नागरिक शाखाकी प्रमुख बेलकुमारी परियारको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,436FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै