जेष्ठ नागरिक ,एकल महिला र अपाङ्गता भएकानागरिकलाई सम्मान कार्यक्रम सम्पन्न ।

फागुन १२ अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. १ को आयोजनामा वडा भित्रका जेष्ठ नागरिक ,एकल महिला र अपाङ्गता भएका ब्यतिmलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सम्मान कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले जेष्ठ नागरिकको ज्ञान र सिपलाई सधै आत्मसाथ गदै अगाडि बढ्ने बताउनु भएको छ । उहाँले आफुहरु नगरपालिकामा निर्बाचित भएर आएदेखि नै नियमित रुपमा बृद्ध बृद्धाहरुलाई सम्मान गदै आएको बताउनु भयो ।

नगभित्र कोही पनि आमा बुबा आर्थिक अभावमा बिहान साझ खान समेत नभएमा नगरपालिकाले सहयोग गर्न तयार रहेको बताउनु भयो ।

सम्मान कार्यक्रममा सन्धिखर्क नगरपालिका वार्ड नं. १ का वडा सदस्यहरु लक्ष्मण प्रराजुली , आशा परियार , सुमित्रा कुमाल , बल बहादुर केसी , शृजनशिल अपाङ्ग महासघंका फसुराम पाण्डे , जेष्ठ नागरिक समाजका रामचन्द ढुगाना , नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतले मनतब्य राख्नु भएको थियो ।


कार्यक्रममा सन्धिखर्क नगरपालिका वार्ड नं. १ भित्रका १ सय ३० जना जेष्ठ नागरिक ,एकल महिला र अपाङ्गता भएका ब्यतिmलाई दोसल्ला र हर्लेस दिएर सम्मान गरिएको हो । सम्मान कार्यक्रम वार्ड अध्यक्ष युवराज बन्जाडेको अध्यक्षता र वडा सचिब धर्म भुसाललको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै