भारतीय सेना प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

काठमाण्डाै तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ । 

दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा १४ जना सवार रहेकाे एएनआईले जनाएकाे छ । 

हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएकाे र तीमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ । दुर्घटनाग्रस्त भएकाे सेनाकाे याे हेलिकप्टर एमआई सिरिजकाे थियाे । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ । \रावतलाई गएकाे जनवरी १ मा देशका पहिला सीडीएस नियुक्त गरिएकाे थियाे । 

हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,436FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै