विभिन्न पाटी परित्याग गरि पाणिनि दुर्गाफाटमा १ सय ६४ जना कांग्रेसमा प्रबेश

पाणिनि ६ असोज । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि १ सय ६४ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमको पहलमा पाणिनि ३ खिदम लगायतका विभिन्न वडाबाट विभिन्न पाटी परित्याग गरि दुर्गाफाटमा भएको कार्यक्रममा नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।

कांग्रेसमा प्रबेश गरेका १ सय ६४ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कान , पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले अविर , माला र कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हो । नेपाली कांग्रेसमा प्रबेश गराउदै सबैलाई क्षमता अनुसारको वडा तहदेखि, पालिका, क्षेत्र र जिल्लाकार्यसमितिमा पनि सहभागिता गरउने कांग्रेस नेताहरुले प्रतिबद्धता ब्यतm गनु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी , सचिव विष्णुप्रसाद भुसाल , सहसचिव ईन्सु मिया , महासमिति सदस्य सुर्य प्रसाद अधिकारी , यादव प्रसाद घिमिरे , केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल, लेखनाथ पोख्रेल, कृष्णप्रसाद खनाल , कांग्रेस पुर्व सचिब लोकेन्द्र बिक , पुर्ब सहसचिब बाबुराम पौडेल , काग्रेस नेताहरु तारा प्रसाद श्रेष्ठ , चन्द्रमान श्रेष्ठ ,पाणिनि सभापति तुल्सी पौडेल ,नेपाल बिद्याथीसंघकी केन्द्रिय सहमहामन्त्रि ललिता सुनार लगायत कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति , महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि , कांग्रेस भातृ तथा सुभेच्छुक सस्था प्रमुख, प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियोे ।


कार्यक्रम कांग्रेस खिदिमका सभापति हरि बन्जाडेको सभापतितब र शेसकान्त पोख्रेलको सञ्चालनमा शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै