लेखापढि ब्यवसायिहरुलाई समयअनुसार प्रबिधिमेत्री बन्नुपर्नेमा जिल्लान्याधिस न्यौपानेको जोड

अर्घाखाँची अदालतका जिल्ला न्याधिस बासुदेब न्यौपानेले लेखापढि ब्यवसायिहरुलाई समयअनुसार प्रबिधिमेत्री बन्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले समय अनुसार अगाडि बढ्न नसके पेसा नै छाड्नुपर्ने स्थिति आउन सक्ने बताउनु भएको हो । नेपाल लेखापढि कानुन ब्यवसायी यसोसियसन अर्घाखाँचीको आठौ जिल्ला अबिधेशनलाई सम्बोधन गदै उहाले यस्तो बताउनु भएको हो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले लेखापढि ब्यवसायिहरु सेबाग्रहीप्रति जिम्मेबार बन्नु पर्ने बताउनु भएको छ ।

अबिधेशनमा लेखापढि ब्यवसायीका पुर्व केन्द्रिय उपाध्यक्ष राम बहादुर चौहान , मालपोत कार्यालयका प्रमुख राजीब पन्थी , जिल्ला अदालतका श्रेष्तेदार महेश खनाल ,नेपालबार यसोसियसनका जिल्ला अध्यक्ष बिजय क्षेत्री ,नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल लेखापढि ब्यवसायीका प्रदेश सदस्य हरि प्रसाद दमासे लगायतले मनतब्य राख्नुभएको थियो ।

कार्यक्रम नेपाल लेखापढि कानुन ब्यवसायीका जिल्ला अध्यक्ष तारा कुवंरको अध्यक्षता र संस्थाका उपाध्यक्ष फसुराम पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

आठौ जिल्ला अबिधेशनले बालकृष्ण खनालको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भरतमणि पन्थि , सचिबमा बिष्णु प्रसाद बन्जाडे , कोषाध्यक्षमा शोभाखर भुसाल ,सहसचिबमा सबिता पौडेल सदस्यहरुमा सरोज पाण्डे , बिष्णु प्रसाद खनाल , महानन्द पोख्रेल , मान बहादुर महत , बाबुराम घिमिरे, सरस्वता खड्का रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

Stay Connected

0FansLike
3,437FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै